विदा मागेर घर आएका प्रहरी जवान जङ्गलमा मृत भेटिए

धनगढी । धनगढीमा एक प्रहरी जवान मृत भेटिएका छन् । दार्चुलाको शैल्यशिखर –९ स्थायी घर भएका प्रहरी जवान सुरुज विक मृत फेला परेका हुन् ।

बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा उनी जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए । उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए । उनको परिवार धनगढीमा बस्दै आएको थियो । कामबाट बिदा मागेर उनी धनगढी आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×