निर्वाचन आयोगले तोकेको निर्वाचन मितिमा मुस्लिम संघको आपत्ति

काठमाडौँ । निर्वाचन आयोगले आगामी बैशाखमा हुने भनि तोकेको स्थानीय तहको निर्वाचन मितिमा मुसलमान धर्मावलम्बीहरुको आपत्ति रहेको छ । मुस्लिम संघले विज्ञप्ति जारी गर्दै आयोगद्वारा प्रस्तावित बैशाख १४ र २० को मिति प्रति आपत्ति जनाएको हो । उक्त मितिमा आफ्नो पर्व पर्ने भएकाले पुनरावलोकनका निमित्त संघले विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

संघका उपसभापति अताबुल मन्सुरीले जारी गरेको विज्ञप्तिमा आयोगले गरेको सिफारीस मुस्लिम समुदायका निमित्त उपयुक्त नरहेको बताइएको छ । विज्ञप्तिमा लेखिएको छ, "त्यसबेला आफ्नो इद पर्व पर्ने भएकाले मिति पुनरावलोकनको निम्ति निर्वाचन आयोगलाई आग्रह गरिएको छ ।"

आयोगले मिति प्रस्ताव गरेको भए पनि सरकारले कुनै निर्णय भने गरेको छैन । कानुनी व्यवस्था अनुसार आमनिर्वाचनको निमित्त आयोगले मिति सिफारिस गरे पनि सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×