बन्दुकसहित तीन पक्राउ

कैलाली - सशस्त्र प्रहरीले आज बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणमातहतको बिओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका–५ छोटीपलियाबाट कैलारी–३ का लौटन चौधरी, सोही ठाउँका नीरेन्द्र चौधरी र सन्तराम चौधरीलाई एक थान दुईनाले बाह्रबोरको बन्दुकसहित पक्राउ गरेको  प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए।

गुडिरहेको से २ प ८९२ नं को बजाजको डिस्कोभर मोटरसाइकल रोकी जाँच गर्दा इजाजत नभएको एक थान बन्दुकसहित पाँच थान बन्दुकमा प्रयोग हुने टोटा/कार्टिज, तीन थान मोबाइल र उक्त मोटरसाइकल बरामद गरिएको जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×