चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ 

ललितपुर - महालक्ष्मी नगरपालिका–४ ईमाडोलस्थित शम्भु विश्वकर्माको स्नेहा सिल्भर कारखानाबाट ३ किलो २०७.६ ग्राम चाँदी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुपालचोक  ईन्द्रावती नगरपालिका–९ फटकसिला घर भई हाल ललितपुर ईमाडोल बस्ने २५ वर्षीय अनिल बराईलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । साथै उक्त चोरी भएको चाँदी खरिद गर्ने ललितपुर महानगरपालिका–१२ मंगलबजार बस्ने शिवली ज्वर्लसका संचालक ५४ वर्षीय राजन शाक्यलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

कारखानाबाट उक्त परिमाणको चाँदी चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले चोरीमा संलग्न अनिललाई पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा चोरी गरेको चाँदी शिवली ज्वेलर्समा बिक्री गरेको खुल्न आएपछि शिवली ज्वलर्सका  संचालक  राजनलाई समेत प्रहरीले पक्राउ गरेक हो । 

उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको   छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×