पाटे बाघको छालासहित एक जना पक्राउ

बाँके - नेपालगंज उपमहानगरपालिका–२ पुष्पलाल चोकस्थित रोयल महाबुब होटलबाट लम्बाई ५ फिट ९ ईन्च र चौडाई ३ फिट २ ईन्च भएको पाटे बाघको छालासहित सुर्खेत बराहाताल गाउँपालिका–२ पाक्मा बस्ने २८ वर्षीय चन्द्र बहादुर कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटल तलासी गर्ने क्रममा उनलाई उक्त छालासहित फेला परी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×