नेपालगञ्जमा बाल उद्यान बनाइँदैै

बाँके - नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरलाई आकर्षक बनाउन बाल उद्यान निर्माण गरिने भएको छ। मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा उद्यान निर्माणको काम सुरु गरिएको छ। आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उक्त उद्यान शिलान्यास गरेका थिए।

यही पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक करोड ८२ लाखको लागतमा उच्चकोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको नगर प्रमुख विष्टले बताए। उनका अनुसार करिब रु छ करोड लागत अनुमान गरिएको बाल उद्यानभित्रको करिब पाँच दशमलव पाँच कठ्ठा जग्गामा पहिलो चरणमा रेष्टुराँ, पार्किङ, फुटपाथ, सटरसहितको आधारभूत काम हुनेछ।

डिपिआरअनुसार आधुनिक संरचना सहितको बाल उद्यान र दुई तले रेष्टुराँ निर्माण गरिनेछ। यसबाट बागेश्वरी मन्दिरको सौन्दर्यमासमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। पहिलो चरणको निर्माण सम्पन्न भएपछि दोस्रोचरणको निर्माण कार्य अघि बढाइने उपमहानगरपालिका प्राविधिक शाखा प्रमुख भूपेन्द्र बोहराले जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×