६ मिनेट १२ सेकेन्डमा ह्याट्रिक पूरा गर्दै सलाहले बनाए कीर्तिमान

काठमाडौँ - मोहम्मद सलाहले च्याम्पियन्स लिग इतिहासमै सबै भन्दा कम समयमा ह्याट्रिक पूरा गरेको खलमा रेन्जर्सविरूद्ध ७-१ गोलको नतिजामा जित निकालेको छ। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका सलाहले ६ मिनेट १२ सेकेन्डमा ह्याट्रिक पूरा गरेका थिए।

समूह ए अन्तर्गतको खेलको १७औं मिनेटमा स्कट एर्फिल्डले गरेको गोलमा रेन्जर्सले सुरूवाति अग्रता बनाएको थियो तर अग्रता बचाउन नसक्दा २४औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिनोले बराबरी गोल फर्काएका थिए।

पहिलो हाफ बराबरीमा सिएको खेलको ५५औं मिनेटमा र्फिमिनोको गोलमा लिभरपुलले अग्रता लिएको थियो। डार्विन नुनेजले ६६औं मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरेका थिए।

सलाहले ७६औं मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता फराकिलो पारेका थिए। ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सलाहले लिभरपुललाई ५-१ को अग्रता दिलाए। त्यसको १ मिनेट नबित्दै सलाहले ह्याट्रिक पूरा गरेका थिए। उनको ह्याट्रिकसँगै लिभरपुलले खेलमा ६-१ को अग्रता लिएको थियो।

खेल सकिन ३ मिनेट बाँकी रहँदा इलियोटले लिभरपुलका लागि सातौं गोल गर्दै ७-१ को नतिजामा जित शुनिश्चित गरे। लिभरपुल ४ खेलमा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ। जुन शीर्ष स्थानको नेपोली भन्दा ३ अंक कम हो। नेपोली भने अन्तिम १६ मा प्रवेश गरेको छ। तेस्रो स्थानको आयाक्सको ३ अंक रह्यो भने चौथो स्थानको रेन्जर्सले अंक खाता खोल्न सकेको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×