ग्राहम पोटर चेल्सीको नयाँ प्रशिक्षक नियुक्त

काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले ग्राहम पोटरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। चेल्सीले बिहीबार एक विज्ञप्ति निकाल्दै पोटरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो।

चेल्सीले बुधबार मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो। टुचेलको स्थानमा क्लबले ब्राइटनका मुख्य प्रशिक्षक पोटरलाई नियुक्त गरेको हो।

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार डिनामो जाग्रेबसँग १-० ले पराजित भएपछि चेल्सीले टुचेललाई बर्खास्त गरेको थियो। पोटर र चेल्सीबीच ५ वर्षको लागि सम्झौता भएको छ।

अब उनको नेतृत्वमा क्लबले शनिबार प्रिमियर लिगअन्तर्गत फुलहमसँग पहिलो खेल खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×