काठमाडौँ - नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत 'एक सफर' सार्वजनिक भएको छ। अस्मिता अधिकारी र विशाल निरौलाको स्वरमा सजिएको गीतमा रोशन विश्वकर्माको रचना र विशाल निरौलको संगीत संयोजन रहेको छ।
गीतको म्युजिक भिडियोको निर्देशन निशान एस के ले गरेका हुन्। गीतमा दिपक गिरीको छायाँकन रहेको छ।
म्युजिक भिडियोमा मनोज चन्द र गरिमा शर्माको अभिनय रहेकाे छ।