चलचित्र ‘बुलाकी’को पहिलो झलक सार्वजनिक

काठमाडौँ। अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा चलचित्र ‘बुलाकी’को पहिलो झलक सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ। लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्रमा कर्णालीको जनजीवन, तथा संस्कृति समावेश छ। 

टोपेन्द्र विष्टको निर्माण रहेको चलचित्रमा सुरक्षाले कर्णाली भेगकी महिलाको भूमिका निभाएकी छिन्। स्व. मोति विष्ट प्रस्तुतकर्ता रहेको चलचित्रको छायांकन डोल्पा, जाजरकोट र रुकुममा गरिएको थियो। सुरक्षाका अलावा रेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियार आदि कलाकारहरुको अभिनय रहेको चलचित्र छत्रेश्वरी मेनेजमेन्टको व्यानरमा बनेको हो।

सौगात कँडेल सहनिर्माता रहेको चलचित्रमा शिव ढकालको छायांकन रहेको छ। सार्वजनिक पोस्टरका अनुसार केही समयपछि टिजरसँगै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×