चेल्सी र ब्राइटन मार्क कुकुरेलाको विषयमा सम्झौताको नजिक

काठमाडौँ - चेल्सीले ब्राइटनका स्पेनी डिफेन्डर मार्क कुकुरेलालाई आफ्नो क्वलमा आवद्द गर्ने सम्झौताको नजिक रहेको बताइएको छ। २४ वर्षीय यी डिफेन्डरलाई म्यानचेष्टर सिटीले पनि चासो देखाएको थियो।

चेल्सी श्रोतका अनुसार उनीहरु स्थानान्तरणको निष्कर्षमा पुग्नेमा विश्वस्त रहेका छन्। तर ब्राइटनले भने कुनै क्लवसँग कुनै सम्झौता भएको छैन् भनेर भनेको छ।

सन् २०२१ मा गेटाफेबाट कुकुरेला ब्राइटनमा आवद्द भएका थिए।उनि चेल्सीमा यस वर्ष आबद्द हुने तेस्रो खेलाडी हुनेछन्। चेल्सीले यसअघि रहिम स्टर्लिङ र डिफेन्डर कालिडो कोउलिबालीलाई यसै समरमा आवद्द गरिसकेको छ।

त्यस्तै चेल्सीले इंग्ल्याण्डका युवा खेलाडी कार्नी चुकुमेकाका लागि पनि एस्टन भिल्लासँग २० मिलियन पाउण्डमा सहमति जनाइसकेको छ। गत महिना ब्राइटनले कुकुरेलालाई गरेको ३० मिलियन पाउण्डको बोली अस्विकार गरेको थियो र बेन्चमार्कको रुपमा ५० मिलियन पाउण्ड जुन आर्सनलले इंग्ल्याण्डका डिफेन्डर बेन ह्वाइटको लागि आर्सनलले तिरेको थियो।

क्लवका श्रोतका अनुुसार कुकुरेल्लालाई राम्रो खेलाडीको रुपमा हेरिएको कारणले  गर्दा उनको बिक्रिलाई विचार गर्ने र अर्को असाधारण प्रस्ताव लिनेछ।यदी क्लवले उनलाई बेचेमा यवेस बिसौमा टोटेलह्याममा २५ मिलियन पाउण्डको सम्झौता भएपछिकोे यस समरको ट्रान्सफरको दोस्रो ठुलो सम्झौता हुनेछ।

बार्सिलोनाको एकेडेमीका उत्पादक यी खेलाडी स्पेनको राष्ट्रिय टोलीबाट १ खेल खेलेका छन्। उनि सन् २०२० को टोकियो ओलम्पिकमा रजत जित्ने टोलीको महत्वपूर्ण सदस्य रहेका थिए।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×