बढ्दो अमेरिका–इरान तनावबीच सेन्ट्रीफ्युज बनाउँदै तेहरान

एजेन्सी - दुबई, ७ असार (रासस÷एपी)ः समुद्री घटनाका कारण बढेको अमेरिका–इरान तनावबीच तेहरानले सेन्ट्रीफ्युज बनाउन थालेको छ । तेहरानमाथिको अन्तर्राष्ट्रिय निगरानी घटेसँगै उसले सेन्ट्रीफ्युजहरू बनाउन थालेको हो ।

अमेरिकी नौसेनाको युद्धपोतले रणनीतिक स्ट्रेट अफ हर्मुजमा भएको तनावपूर्ण मुठभेडका क्रममा इरानी रिभोलुस्नरी गार्डको डुङ्गामा चेतावनीस्वरुप गोली प्रहार गरेपछि दुई देशबीच बर्षौँदेखि जारी रहेको द्वन्द्व थप चर्केको हो ।

सोमबार समुद्रमा भएको उक्त घटनाले विश्वशक्तिहरूसँग इरानको टुटेको आणविक सम्झौतामा रोकिएको वार्तामा पनि थप तनाव सृजना गरेको छ । आणविक हातहतियारको निगरानी गर्ने राष्ट्रसङ्घीय निकाय (आइएइए)ले इरानको पछिल्लो कदम उन्नत सेन्ट्रीफ्युज बनाउन र युरेनियम प्रवद्र्धन गर्न उसलाई अवसर मिलेको बताएको छ ।

गस्तीका क्रममा युएसएस सिरोक्को र युएसएनएसले फारसको खाडीमा प्रवेश गर्न स्ट्रेट अफ हर्मुज हुँदै आउँदा तीनवटा इरानी द्रुत डुङ्गासँग मुठभेड भएको अमेरिकी नौसेनाको बहराइनस्थित पाँचाँै फ्लिटले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×