काठमाडौँ - काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज २ वटा खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने पहिलो खेलमा भारत र पाकिस्तान तथा दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स आमने सामने हुनेछन्।
पहिलो खेल दशरथ रंगशालामा दिउँसो १ बजेबाट सुरु हुनेछ। दोस्रो खेल साँझ साढे ५ बजेकाट सुरु हुनेछ। फिफाको प्रतिबन्धको कारण पाकिस्तान ८ बर्ष पछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किदै छ। भारत भने लगातार महिला साफ च्याम्पियनसिपको उपाधि विजेता हो।
पहिलो खेलमा दुवै टिम विजयी सुरआत गर्ने अभियानमा हुने छन्। उद्घाटन खेलमा नेपालले भुटानमाथि ४-० गोलको जीत दर्ता गरेको थियो।