पाल्पामा सिन्दुरे रोगले कफीका बोट सुक्न थाले

पाल्पा - पाल्पामा कफीखेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ। ती रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन्। कफी व्यवसायी सङ्घ पाल्पाका संयोजक कमलराज खनालले यसवर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएको र यसका बोट सुकेर जान थालेको जानकारी दिए।

जिल्लामा गत वर्ष झण्डै १५ टन कफी उत्पादन भएको थियो। गत आवमा अत्यधिक चिसोका कारण कफी उत्पादन कमी भएको कफी उनले बताए। तानसेन छापका किसान भीमबहादुर मिधुनले सुकेको कफीको बोट काटेर हेर्दा हाँगाका किरा भेटिएका जानकारी दिए। कफीखेती छाहरीमा गरिने छाहरीको अभावका चिसोले समस्या देखिएको बताइएको छ। कफीखेतीबाट आम्दानी लिन तीन–चार वर्ष कुर्नुपर्ने बाध्यता रहेको र लगानीअनुसार प्रतिफल नभएपछि किसान विस्थापि हुन थालेका छन्। कफीखेती गर्ने युवा वैदेशिक रोजगार, तराईमा बसोबास झर्दा ज्याला मजदुरी गर्नेको अभाव भएको छ।

व्यावसायिकरूपमा कफी गर्दा रु २० मा एक किलो बिक्री गर्नुपर्ने बाध्यता थियो तर अहिले प्रतिकिलो रु ९० मा गाउँबाटै बिक्री हुन्छ। राम्रो आम्दानी हुने भएपछि गाउँले व्यावसायिकरूपमै यसतर्फ आकर्षित भएको स्थानीयवासी यमबहादुर थापाले बताए।

जिल्लाको आठ पालिकामा व्यावसायिक कफी उत्पादन, सङ्कलन, बजारीकरणको पहुँच विस्तार गरिएको छ। जिल्लाका आठ स्थानीय तहमा १६३ हेक्टर क्षेत्रमा व्यावसायिकरूपमा कफीखेती हुन्छ। कफीका बोटलाई रोगले आक्रमण गरेपछि यसको उत्पादन वृद्धिमा समस्या देखिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×