स्पेनद्वारा चेक गणतन्त्र २-०ले पराजित

काठमाडौँ - कार्लोस सोलेर र पाब्लो साराबियाको गोलमा स्पेनले गएराति यूईएफए नेसन्स लिगमा चेक गणतन्त्रलाई २-० ले पराजित गरेको छ। जितसँगै स्पेन यूईएफए नेसन्स लिग ‘ए’मा समूह-२ को शीर्ष स्थानमा उक्लिएको छ। 

भ्यालेन्सियाका मिडफिल्डर सोलेरले २४औं मिनेटमा गरेको गोलबाट स्पेनले अग्रता लिएको थियो। सोलेरले मार्को असेन्सियोको पासमा गोल गरेका थिए। बैकल्पिक खेलाडी साराबियाले अर्को गोल थपेपछि स्पेनले तीन अंक पक्का गरेको थियो। ७२औं मिनेटमा मैदान प्रवेश गरेका साराबियाले फेरान टोरेसको पासमा गोल गरेका थिए। 

साराबिया असेन्सियोको स्थानमा मैदान छिरेका थिए भने टोरेस ५९औं मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका थिए। 

जितसँगै स्पेनले चार खेलबाट ८ अंक जोडेको छ। स्पेन भन्दा एक अंकले पछाडि रहेको पोर्चुगल दोस्रो स्थानमा रहेको छ। चेक गणतन्त्र ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने स्विट्जरल्यान्ड तीन अंकका साथ पुछारमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×