शुक्रवार मुलुकभर अंशिक बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने

काठमाडाैं ।  शुक्रवार मुलुकभर अंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको महाशाखाकाे भनाइ छ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र हिमपातकाे सम्भावना रहेकाे महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

शुक्रवार राती प्रदेश १ र प्रदेश २ मा आँशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरुमा सामान्यदेखि पूर्णतया बदली रहने छ ।  प्रदेश १ र २ का केही0 स्थान र  बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×