‘प्यारो नेपाल’ खण्डकाव्य विमोचित

काठमाडौँ - साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ नामक खण्डकाव्य विमोचित भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा देवी नेपाल, समालोचक प्रा डा रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भागवत ढकालले उक्त खण्डकाव्यको संयुक्तरूपमा शनिबार विमोचन गरेका हुन्। 

डा नेपालले सो कृतिले देशका सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक सबै खाले विषयभित्र देखिने आशा–निराशा, उतार–चढाव, आलस्य–उत्साह आदि सबैप्रतिको कवि दृष्टिले गर्दा यो काव्य केवल भावनात्मक मात्र नभएर स्पष्ट वैचारिक दृष्टिकोण प्रस्तुत गरेको बताए। डा ज्ञवालीले देश निर्माणका लागि चेतना निर्माणमा कृति महत्वपूर्ण हुने बताए। गुल्मीमा रहेर शिक्षण पेसा र समाज सेवामा संलग्न पन्थीले गीत, कथा र निबन्धमा पनि कलम चलाएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×