राष्ट्रिय अभियान सञ्चालन गरिँदै

काठमाडौँ । नेपाली कांग्रेस (बिपी)ले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति पुष्पराज पराजुलीले राष्ट्र र राष्ट्रियता बचाउने उद्देश्यले गर्न लागेको अभियानमा आगामी फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने जानकारी दिए । देशमा भ्रष्टाचार बढेको तथा सीमा अतिक्रमण भएकाले राष्ट्रिय एकतालाई बलियो बनाउन अभियान गर्न लागेको बताए ।

पार्टीका अर्का नेता गोबिन्दप्रसाद शर्माले विपीले गरेको समाजवादको परिकल्पना पूरा गर्न राष्ट्रियता र प्रजातन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिँदै नेपाली भू–भाग लिपुलेकमा अनुमति नलिई बाटो बनाउने काम गलत भएकाले यसलाई रोक्न माग गरे । अभियानअन्तर्गत देशमा राष्ट्रिय जागरण ल्याउन सबै जिल्लामा पुगेर जनताको घरदैलो कार्यक्रम गरी देशको समसामयिक अवस्था, बेथिति, भ्रष्टाचारबारे जनचेतना फैलाइने छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×