जिसस भक्तपुरको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस

भक्तपुर - जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा (एमाले)का ईश्वर थापा विजयी भएका छन् । जिससको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका जनार्दन खड्कासँग बराबर मत भएपछि गोलाप्रथामा थापा विजयी भएका हुन्।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकी सुजाता बाडे निर्वाचित भएकी हुन्। उनले पनि गोलाप्रथामा एमालेका रामकेशरी श्रेष्ठलाई पछि पारेकी हुन् । त्यस्तै सदस्यहरूमा एमालेका नानु कार्की, मञ्जु कार्की, राममाया मिजार र विश्वराम त्वानाबासु निर्वाचित भए भने कांग्रेसका विनु केसी पनि निर्वाचित भए ।

जिसस भक्तपुरको यसअघि सम्पन्न निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारले बराबर तीन–तीन मत प्राप्त गरेपछि निर्णयका लागि गोलाप्रथा गरिएको हो । चारवटा स्थानीय तह रहेको भक्तपुरमा जिससको पदाधिकारी चयनका लागि आठ मत रहेको छ । जसमध्ये एमालेको तीन, कांग्रेसको दुई, नेकपा (माओवादी केन्द्र)को एक र नेपाल मजदुर किसान पार्टीको दुई मत रहेको छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका कारण जिससमा निर्णायक बनेको नेमकिपाले कुनै दलसँग तालमेल नगरेका कारण कांग्रेस र एमालेको मत बराबर भएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×