प्यूठान- प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा परि ६ जनाकाे मृत्यु भएकाे छ। बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन्।
नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय प्यूठानकाअनुसार दुर्घटनामा घाइते भएकालाई जिल्ला अस्पताल पुर्याइएको छ। जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियाे। राती भएका कारण मृतक कसैको पनि सनाखत भइसकेको छैन। थप विवरण आउन बाँकी छ।