गीतकार ढुंगेलको तीज गीत ‘मेरो राजा’ सार्वजनिक

काठमाडौँ - गीतकार सुवासचन्द्र ढुंगेलद्वारा रचित तीज गीत ‘मेरो राजा’ बजारमा आएको छ। आइतबार भक्तपुरमा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले गीत सार्वजनिक गरेका हुन्।

गीतमा बुनु श्रेष्ठ र रितु कँणेलको स्वर रहेको छ। गीतमा विनोदराज ढुंगेलको संगीत रहेको छ। गम्भीर विष्टको निर्देशन रहेको सो म्युजिक भिडियो अन्यभन्दा फरक रहेको सो कार्यक्रमका वक्ता एबम भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रविन शाहीले बताएका छन्।

महिलाले चाहेमा भ्रष्टाचार नियन्त्रणमा ठूलो भूमिका खेल्न सक्ने सन्देश यो गीतले दिएको छ। कार्यक्रममा अल्बर्ट बज्राचार्य, गायिका बुनु श्रेष्ठ, निर्देशक गम्भीर विष्ट, शम्भो राजभण्डारी, बिनोदराज ढुङ्गेललगायतले फरक शैलीको यो तीज गीतको छुट्टै महत्व रहेको बताएका थिए।

गीत  सुवासचन्द्र ढुंगेलको यु ट्युब च्यानलबाट सार्बजनिक गरिएको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×