ट्वान्टी-२० विश्वकप: नेदरल्यान्ड्सलाई ११८ रनको लक्ष्य

काठमाडौँ - अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकपमा बुधबार जिम्बाब्वेले नेदरल्यान्ड्ससामू ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ। एडिलेड ओभलमा टस जितेर ब्याटिङमा आएको जिम्बाब्वेले १९.२ ओभरमा सबै विकेट गुमाएर ११७ रनको योगफल खडा गरेको छ।

जिम्बाब्वेका सिकन्दर राजाले सर्वाधिक ४० रन बनाए। सिन विलियम्सले २८ रन बनाउँनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

जिम्बाब्वेलाई कम योगफलमा रोक्न नेदरल्यान्ड्सका पाउल भान मिकेरेनले ३ विकेट लिए । ब्रान्डन ग्लोभर, लोगन भान बिक र बास डे लिडेले समान २ विकेट लिँदा फ्रेड क्लासेनले १ विकेट हात पारे।

सुपर-१२ समूह-२ मा तीन खेलबाट ३ अंक जोडेको जिम्बाब्वे तालिकाको चौथो स्थानमा रहेको छ। सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जिम्बाब्वेलाई आज जित्नै पर्ने दबाब छ। समान खेल खेल्दा पनि अंकविहीन नेदरल्यान्ड्स भने तालिकाको पुछारमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×