बायर्न म्युनिखसँग फेरि पराजित भयो बार्सिलोना

काठमाडौँ - युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा बायर्न ले बार्सिलोनालाई २-० गोलले पराजित गरेको हो।

बायर्नको जितमा लुकास हर्नान्डेज र लेरो सेनले गोल गरेका थिए। हर्नान्डेजले ५० र सेनले ५४ औँ मिनेटमा गोल गरेका थिए। बार्सिलोनाले हालसम्म बायर्नको मैदानमा जित हात पार्न सकेको छैन। यस्तै बायर्नले बार्सिलोनामाथी लगातार पाचौँ खेल जितेको हो।

सन् २०१५ को च्याम्पियन्स लिगको नकआउट चरण पहिलो लेगमा २-० गोलले जित हात पारेयता बार्साले बायर्नलाई हराउन सकेको छैन। यस्तै आफुले ८ वर्ष बिताएको बायर्नविरुद्ध रोबर्ट लेवान्डोस्की पनि निराश बनेका छन्। उनी यसै सिजनमात्र बायर्नबाट बार्सा भित्रिएका हुन्।

उनले गत साता मात्र च्याम्पियन्स लिगकै खेलमा ह्याटिक गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×