काठमाडौँ । आज शुक्रबार पनि काठमाडौँको नयाँ बानेश्वर स्थित एभ्रेष्ट होटल अगाडी नेपाल बारले गरिरहेको आन्दोलनको विरोध गर्दै स्वतन्त्र कानून व्यवसायीले काउन्टर प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनलाई सम्बोधन गर्दै अधिवक्ता भुमिनन्द चुँडालले आफ्ना बिचारहरु प्रस्तुत गरिरहेका छन् ।
आफ्ना विचार प्रस्तुत गर्ने क्रममा उनले ३६औँ दिन पुग्दा पनि स्वईच्छाले साथ दिँदै आएका आम सर्वसाधारण तथा सेवाग्राहिलाई धन्यवाद दिएका छन् । उनले गोला प्रथा लागु भए पछि पनि १५ गतेबाट मुद्दा नहेरिएको अवस्थामा चिन्ता व्यक्त गरेका छन् । उनले न्यायाधीशहरु बेन्च बस्न नभ्याउने भए के दिन भरी उठेरै बसे ? आफ्नो बेन्चमा बस्न नि नसक्ने कस्तो श्रीमान्हरु ? भन्दै न्यायाधीशहरुमाथि प्रश्न तेर्स्याएका छन् । त्यसै गरि मुद्दा हेर्न नभ्याउने भन्ने अभिव्यक्तिका साथ समाजिक संजालहरुमा स्टाटस् प्रस्तुत गर्ने नेयायाधिसहरुलाई लक्षित गर्दै उनले ११ बजे नै मुद्दा हेर्न नभ्याउने भन्दै स्टाटस लेखेर श्रीमान्हरुले जनताप्रति पुरा गर्नुपर्ने दायीत्व पुरा नगरिरहेका र जनताका बन्दी प्रत्यक्षीकरणका मुद्दाहरुलाई समयमै नहेरिएकोमा खेद व्यक्त गरेका छन् । त्यसै गरि उनले न्यायाधीशहरुले बारले गरेको अवरोधलाई जुन तरिकाले स्वीकारोक्ति प्रदान गरेका छन् त्यसले आम कानुन व्यवसायी र सेवा ग्राहीले सर्वसुलभ रुपमा न्याय पाउन नसकेको बताए । उनले बन्दी प्रत्यक्षीकरणका मुद्दा २४ घण्टा हेर्नु पर्नेमा त्यसो नगर्दा ३०-३५ दिनसम्म पालो आउने कि नआउने भन्ने अन्योल रहेको र गैह्रकानुनीरुपमा नगरिकहरु थुनिएको , हिरासतमा रहेको अवस्था रहेको बताए ।
उनले आम कानुन व्यवसायीहरुले छलफल गरेर हामी अदालत बार जती पनि निकाय छन् मानव अधिकार निकाय हामीले लिएका कुराहरु अझै सुनुवाइ नभएकाले यो भन्दा अगाडी निस्किएर यस्तो खालको ज्ञापन पत्र बुझाउन जाने निर्क्योल निकालेको समेत बताए । उनले नेपाल बारले समयावधि भित्र अझ पनि सुध्रिँदैन र न्यायालय बन्दै गर्न चाहन्छ भने स्वतन्त्र कानुन व्यवसायीहरु बारमै उभिएर चुनौति दिने अवस्था आएको बताए ।
उनले आफु एक्लै नभएर आम कानुन व्यवसायीहरुको बिचमा रहेको र उनीहरुको बिचारधाराहरु लिएर अधि बढेको बताए । त्यसै गरी उनले आफूहरु कुनै पर्टीको झण्डा बोकेर नहिँडेको र कुनै पार्टीको विचार बोकेर नहिँडेकोमा गर्व गर्ने ठाउँ रहेको समेत बताए ।