नमोबुद्ध नगरपालिकाले महिलालक्षित नेतृत्व विकास तालिम

काठमाडौँ- नमोबुद्ध नगरपालिकाले महिलाका लागि नेतृत्व विकास तालिम प्रदान गरेको छ।

नगरपालिकाको महिला, बालबालिका र समाज कल्याण शाखाद्वारा दुई चरणमा  ६४ महिलालाई सो तालिम प्रदान गरिइएको हो। तालिममा संस्थागत सुशासन र सञ्चार सीप, दृष्टिकोण र बानी व्यवहारमा परिवर्तन, नेतृत्व अवधारणा, गुण र सीप, सामाजिक संरचना र सामाजिक बहिष्करण लगायतका विषयमा जानकारी दिइएको छ।

तालिमको मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले सहजीकरण गरेका छन् भने राजनीति र निर्वाचन प्रणालीका विषयमा प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, क्षमता विकास, वकालत र पैरवीको विषयमा महिला विकास शाखाका प्रमुख तारादेवी सुनुवार र प्रभावकारी सार्वजनिक भाषण तथा उद्घोषण कलाका विषयमा रेडियोकर्मी शुभराज अधिकारीले सहजीकरण गरेका हुन्। पहिलो र दोस्रो चरण गरी यही फागुन १० देखि १६ देखि १९ गतेसम्म गरी आठ दिन सञ्चालन भएको तालिममा विभिन्न राजनीति पार्टीका अगुवा महिलाको सहभागिता रहेको हो।

समूह कार्य, छलफल, प्रस्तुति, प्रश्नोत्तर, लघु प्रवचन, खेल र गाउँकी छोरी वृत्तचित्र प्रस्तुतिलगायत माध्यमबाट तालिम दिइएको आयोजकले जनाएको छ। यसरी लिएको तालिम सामाजिक कार्यमा अगाडि बढ्नका लागि उपयोगी हुने जनाइएको छ। नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले समाजमा महिला र पुरुषबीचमा विभेद अन्त्य गर्न आवश्यक रहेकामा जोड दिए।  उपप्रमुख रामदेवी तामाङले सामाजिक कार्यसँगै राजनीतिक गतिविधिको विषयमा पनि चासो राख्न आवश्यक भएको बताए।

प्रमुख प्रशासकीय अधिकृत  पौडेलले नेतृत्व गर्नु र राजनीति गर्नु फरक कुरा रहेको जनाउँदै ग्रामीण महिला नेतृत्वमा आउनुपर्नेमा जोड दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×