काठमाडौँ l नेपाली चलचित्र `गोर्खा वारिएर २´को छायांकन सम्पन्न भएको छ l निर्माता तथा निर्देशक मिलन चाम्सले आफ्नो सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन् l लन्डन सिने आई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको चलचित्रको छायांकन नेपालसहित मलेसिया र बेलायतमा भएको छ l चलचित्रमा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले आदि कलाकारहरुको अभिनय रहेको छ l
शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बिसीको सम्पादन, सुदीप बरालको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको दोस्रो भाग प्रदर्शनमा आएपछी पहिलो भाग निर्माण हुने निर्माण पक्षले बताएको छ l