भारत। कोरोना महामारी सामान्य हुन थालेसँगै विश्वभरिका निर्माताहरुले आआफ्नो चलचित्रको प्रदर्शन मिती घोषणा गर्न थालेका छन्। यसैबिच बलिउड अभिनेता अमिताभ बच्चनको आउँदो चलचित्र ‘झुण्ड’को पनि प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र मार्च ४ बाट विश्वभरिका सिनेमाघरमा हेर्न सकिनेछ।
अमिताभले स्वयम् चलचित्रको पोष्टर सार्वजनिक गर्दै यो कुराको जानकारी दिएका हुन्। साथै उनले आफ्ना प्रशंसकहरुलाई तयार रहन आग्रह गरेका छन्। चलचित्रमा नागराज पोपटराव मञ्जुललेको निर्देशन रहेको छ। चलचित्र एक प्रोफेसरको कथामा आधारित रहेको छ। जसले झुपडी बस्तीमा बस्ने युवाहरुको फुटबल टिम बनाउनका लागि प्रेरणा दिएका थिए।