आजको सुनको मूल्य

काठमाडौँ - नेपाली बजारमा सोमबार सुनको मूल्य तथा चाँदीको मूल्य बढेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुनको मूल्य ९६ हजार  ६ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय कायम भएको छ। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयँले बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन  चाँदी १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ सुन तथा चाँदीको दैनिक कारोबार मूल्य तोक्दै आएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×