'मल उत्पादन गर्न सस्तोमा विद्युत उपलब्ध गराउँछौँ'

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत्को प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन्। 

कृषि मन्त्रालयमा आज भएको छलफलमा उहाँले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युत्कै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताए।उनले भने, “देशभित्र ऊर्जाका रुपमा जे खपत हुन्छ त्यो जलविद्युत्बाट उत्पादित ऊर्जा नै हुनुपर्छ।” लगानी बोर्डमार्फत लगानी गर्ने उद्योगी व्यवसायीले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो। मन्त्री भुसालले भने, “हामी देशभक्त नागरिकले राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, यहीभित्र नाफा, व्यापार खोजौँ, मेरो विनम्र आग्रह छ।”

जलविद्युत् प्रयोग गरेर मलकारखाना स्थापना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले भने, “हामी आवश्यकताअनुसारको विद्युत उपलब्ध गराउन तयार छौँ, जलविद्युत आयोजनाको सञ्चालन खर्च मात्र लिएर पनि विद्युत् दिन तयार छौँ।” ऊर्जाकै कारणले मल उत्पादनमा लागत महङ्गो हुने स्थिति आउन नदिने विश्वास दिलाउँदै मन्त्री भुसालले भने, “ऊर्जाकै कारणले  महङ्गो हुने स्थिति आउँदैन त्यसका लागि ऊर्जा मन्त्रालय आश्वस्त पार्न चाहन्छ।”

डलरमा खरिद गरेर ल्याइएको ग्यासभन्दा देशभित्र उत्पादन भएको स्वदेशमै उत्पादन भएको ऊर्जा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले भने, “हामीले तत्कालको लागत मात्र हिसाब गरेर ग्यासबाट उद्योग स्थापना गर्ने निर्णयमा पुग्नु अगाडि भावी पुस्ता, दिगो विकास लक्ष्य, विश्वसामु हामीले गरेका प्रतिबद्धतालाई समेत गहिरो ढङ्गले सोच्नुपर्छ।” देशको आर्थिक विकासका लागि लगानी बोर्ड स्थापना भएको स्मरण गर्दै उनले सम्पूर्ण विश्व नै नवीकरणीय र स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउँदै पेट्रोलियम पदार्थको कटौतीमा लागिरहेको उल्लेख गरे।

उनले स्वच्छ ऊर्जा विद्युतलाई बाइपास गरेर अरू देशले निरुत्साहित गरेको प्रविधिमा जान नहुने बताउँदै त्यसतर्फ लगानी बोर्ड गम्भीर हुनुपर्ने बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×