भरतपुर महानगरद्वारा छात्रवृत्ति वितरण

चितवन - भरतपुर महानगरपालिकाले महानगरभित्रका ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ।

महानगरभित्रका ६७  विद्यालयका १–८ कक्षासम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो। महानगरले १ जना विद्यार्थीलाई ३ हजार रुपैयाँका दरले २० लाख ७६ हजार रुपैयाँ नगद रकम छात्रवृत्ति वितरण गरेको हो। महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले ती विद्यालयका २४० विद्यार्थीलाई सो रकम हस्तान्तरण गरेका हुन्। लोपोन्मुख तथा अति सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक विकासमा सहजता होस् भन्ने उद्देश्यका साथ महानगरले पहिलोपटक नगद छात्रवृत्ति प्रदान गरेको हो। महानगरको कूल बजेटबाट १५ प्रतिशत रकम शिक्षामा लगानी गरेको शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए।

विद्यालयको भैतिक पूर्वाधार विकास, पाठ्य सामग्रीको प्रवद्र्धनदेखि विद्यार्थीका लागि छात्रवृत्ति, दिवा खाजा कार्यक्रम, स्कुल बस वितरण, साइकल वितरणलगायत अरु धेरै भौतिक तथा आर्थिक सहयोग गरेको उनले बताए। आफूहरूले महानगर भित्रको शिक्षाको विकासमा शुरूका चरणदेखि नै विशेष अभियान थालेको र त्यसले बिस्तारै पूर्णत पाउँदै गएको उपप्रमुख शाहले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×