अमेजनले किन्यो ऐश्वर्या रायको बहुप्रतीक्षित फिल्म

काठमाडौँ- बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या रायको बहुप्रतीक्षित तमिल एपिक ऐतिहासिक फिल्म ‘पोन्नियिन सेलवन’ आगामी सेप्टेम्बेरमा रिलिज गर्ने तयारी छ। 

अहिले यो फिल्म डिजिटल प्लाटफर्ममार्फत देखाइएको छ।
फिल्मको डिजिटल अधिकारलाई अमेजन प्राइम भिडियोले खरिद गरेको छ। 

एक्शन–एडभेन्चर ‘पोन्नियिन सेलवन’ को भाग १ र भाग २ का लागि स्ट्रिमिङ अधिकार अमेजन प्राइमको रेकर्ड १ सय २५ करोड भारुमा बिक्री भएको छ। नेशनल फिल्म अवार्ड विजेता फिल्म निर्माता मणिरत्नमको बहुप्रतीक्षित फिल्म पोन्नियिम सेलवन लेखक कल्कि कृष्णमूर्तिको यस नामको उपन्यासमा आधारित छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×