'आदिपुरुष', 'सलार' र 'प्रोजेक्ट के' पछि हरर फिल्म गर्दै प्रभास

काठमाडौँ - दक्षिण भारतीय अभिनेता प्रभास हरर फिल्ममा देखिँदैछन्। प्रभास 'राजा डिलक्स' नामक हरर फिल्ममा देखिने भारतीय सञ्चार माध्यमले जनाएको छ। 

प्रभासको बलिउड डेब्यू फिल्म 'साहो' र 'राधे श्याम' बक्स अफिसमा लगातार असफल भए। तर 'बाहुबली' र 'बाहुबली २' को सफलताले उनको हात खाली हुन दिएको छैन। 
प्रभास अभिनित फिल्म 'आदिपुरूष', 'सलार' र 'प्रोजेक्ट के' सार्वजनिक हुन बाँकी छ। यी फिल्महरूको छायांकन सकेसँगै उनी 'राजा डिलक्स'को छायांकनमा व्यस्त हुनेछन्।

 फिल्ममा मालभिका मोहनको पनि मुख्य भूमिका रहनेछ। 

यस फिल्मको छायांकन आगामी असारबाट सुरू गर्ने निर्माण पक्षको तयारी थियो। तर फिल्मको छायांकन स्थगित गरिएको छ। प्रभासको व्यस्तताको कारण फिल्मको छायांकन स्थगित गरिएको हो। उनले अगस्त महिनामा 'राजा डिलक्स'को काम सुरू गर्ने बताइएको छ। 

प्रभासद्वारा अभिनित पछिल्लो समय प्रदर्शन भएको फिल्म 'राधे श्याम' बक्स अफिसमा असफल सावित भएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×