काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको नयाँ गीत 'भुल्ने छैन' सार्वजनिक भएको छ। गीतमा नृपेश उप्रेतीको शब्द रहेको छ भने बिकाश चौधरीको संगीत रहेको छ। त्यसैगरि गीतका संयोजक रोशन बान्तवा रहेका छन्। गीतको भिडियोमा अनुप बोहरा, एमडी अजाम, संजिव मगर र सुनिल मण्डलको अभिनय रहेको छ। कृष्ण पौडेलको निर्देशनमा तयार भएको गीतक्लो भिडियो युट्युब च्यानल 'तारा सीतारा प्रोडक्सन'मा उपलब्ध छ।
भिडियो: