कसले पाउँला ? नेपाली फुटबलको कप्तानी

काठमाडाैँ - आसन्न एसियन कप छनोटका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ। जसमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई बाहिर राखिएको छ।

एसियन कप छनोट जस्तो ठूलो प्रतियोगितामा नेपालबाट यो पटक अनुभवी खेलाडी नहुँदा नयाँ खेलाडीको काँधमा ठूलो जिम्मेवारी थपिएको छ। यसका साथै अब नेपाली टिमको कप्तानको जिम्मेवारी कसले पाउछ भन्ने प्रश्न पनि खडा भएको छ। 

एन्फाले शुक्रबार सार्वजनिक गरेको टिम हेर्ने हो एशियन कपका लागि टिमको कप्तानी पाउने संभावना बोकेका दुई तीन खेलाडी रहेका छन। जसमा सिनियरका आधारमा नवयुग श्रेष्ठ पहिलो नम्वरमा दोखिएका छन। यस्तै पुजन उपरकोटी र सुनील बलको पनि संभावना रहेको छ। तर यो प्रतियोगिताका लागि नवयुगले कप्तान पाउने प्रबल संभावना हरेको छ। 

स्रोतका अनुसार अहिले कप्तान कसलाई दिने भन्ने एकिन नभएपनि नवयुगको संभावना सिनियर खेलाडीको आधारमा रहेको र युवा खेलाडीलाई पनि दिनसक्ने संभावना रहेको बताए। जसमा बिकाश खवास, सुरजजिउ ठकुरी, सुमन अर्याल लगायतका खेलाडीको संभावना रहेको छ। 

कुवेतमा हुने एसियन कप छनोटका लागि नेपाली टिम कतारमा क्याम्प राख्ने योजनामा छ। सुमह ए मा रहेको नेपालले बलियो टिम जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ। जसमा पहिलो खेल जुन ८ मा जुनसँग खेल्नेछ भने दोस्रो खेल कुवेतसँग जुन ११ मा खेल्नेछ। यस्तै जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ। 

टिमका मुख्य खेलाडी र प्रशिक्षक अब्दुल्लाह सँग्काे विवादको छानविन समिती गठन भएर सो समितीले आफ्नो प्रतिवेदन पनि बुझाइसकेको छ। जसमा गल्ति दुबै पक्षको रहेको र त्यसमा टिमको ब्यवस्थापन र एन्फा सचिवालयको पनि दोष रहेको उल्लेख गरिएकाे छ। 

यसका साथै एसियन कप छनोटपछि अब्दुल्लाहको बिकल्प खोज्नपनि भनिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×