काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले एस्टन भिल्लाका युवा मिडफिल्डर कार्ने चुकवेमेकालाई भित्र्याउने सम्झौता गरेको छ। चेल्सीले कार्नेलाई २० मिलियन पाउन्डमा भित्र्याउने सम्झौता गरेको बीबीसीले जनाएको छ।
नयाँ सम्झौता गर्न अस्विकार गरेपछि भिल्लाले १८ वर्षीय कार्नेलाई प्रि-सिजन टूर अन्तर्गत अष्ट्रेलिया भ्रमणका लागि टिममा समावेश गरेको थिएन। उनको सम्झौता अर्को वर्ष अन्त्य हुँदैछ।
यू-१९ युरोपियन च्याम्पियनसीपमा इंग्ल्यान्डका लागि खेलेका कार्नेले गत सिजनको प्रिमियर लिगमा भिल्लाका लागि १२ खेल खेलेका थिए।