रोड्रिगोले मागे नेइमारसँग माफी

काठमाडौँ - ब्राजिलका युवा फरवार्ड रोड्रिगोले सिनियर खेलाडी नेइमारसँग माफी मागेका छन्।

रियल म्याड्रिडका खेलाडी रोड्रिगोले क्रोएसिया विरुद्धको पहिलो पेनाल्टी नै गोल गर्न सकेनन्। जसले गर्दा उपाधि दाबेदार मानिएको ब्राजिल कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।

आफूले पेनाल्टी मिस गर्नाले नेइमारको विश्वकप जित्ने सपना चकनाचुर भएको भन्दै रोड्रिगोले एक सन्देश पठाउँदै माफी मागेका छन्।

‘तपाईँको सपना स्थगित गरेकोमा माफी चाहन्छु। मलाई आशा छ, तपाईँले राष्ट्रिय टोलीको यात्रा जारी राख्नुहुनेछ। ताकि, हामी सँगै विश्वकप जित्न सकौं,’ सन्देशमा उनले भनेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×