'नेपाल लोकस्टार-२' को निर्णायकमा कुमार बस्नेतदेखि ज्योति मगरसम्म

काठमाडौँ - लोक गायनमा आधारित नेपालको पहिलो रियालिटी शो ‘नेपाल लोकस्टार’को दोस्रो सिजनका लागि निर्णायकहरु तय गरिएको छ। शोको निर्णायकमा लोकगायक कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा र लोकगायिका ज्योति मगर रहने भएका छन्।

रामजी खाँड र कुलेन्द्र विश्वकर्मा पहिलो सिजनमा पनि निर्णायकका रुपमा रहेका थिए। भने ,कुमार बस्नेत र ज्योति मगर पहिलोपटक रियालिटी शोको निर्णायकका रुपमा रहने छन्।

‘नेपाल लोकस्टार सिजन २’मा संगीत निर्देशकको रुपमा संगीतकार तथा एरेन्जर आशिष अविरल अनुबन्धित भएका छन्।

नेपाल लोकस्टार ब्राण्डको स्वामित्व हिमालय टेलिभिजनले खरिद गरेसँगै शोलाई नयाँ टिम र शैलीमा ल्याउन लागिएको टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×