लोकप्रिय नाटक "मीतज्यू" मण्डलामा पुनः मञ्चन हुने

काठमाडौँ - दयाहाङ राईको निर्देशनमा नाटक “मीतज्यू” मण्डला थियटर थापागाउँमा मञ्चन हुने भएको छ। उक्त नाटक मंगलबारबाट एक हप्ताका लागि विषेश मञ्चन हुनेछ। 

यस नाटक सोमनाथ खनालले लेखेका हुन्। यसमा मितेरी साइनोको कथा तथा विषयवस्तुलाई प्रस्तुत गरिएको छ। यस अघि पनि नाटक “मीतज्यू” धेरै पटक मञ्चन भइसकेको छ। यसमा सिर्जना सुब्बा, सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारहरुको जीवन्त अभिनय देख्न सकिन्छ। 

पहिले अनामनगरमा रहेको मण्डला थियटर केहि अगाडि मात्र थापागाउँमा सरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×