आल्भेस मेक्सिकन क्लब युनिनिभर्सिडेड नेसनल एसीमा अनुबन्धित

काठमाडौँ - ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेस मेक्सिकोको क्लब युनिभर्सिडेड नेसनल एसीमा अनुबन्धित भएका छन्।

मेक्सिकन क्लबले आल्भेसलाई फ्री ट्रान्सफरमा क्याटलान क्लब बार्सिलोनाबाट अनुबन्ध गरेको हो। आल्भेसले सिजनको अन्त्यसँगै स्पेनिस क्लब बार्सिलोना छाडेका थिए।

३९ वर्षीय डिफेन्डरले पुमास नामले परिचित क्लबसँग १ वर्षको लागि सम्झौता गरेका छन्। आल्भेस गत जनवरीमा ६ महिनाको लागि बार्सिलोनामा ५ वर्षपछि फर्र्किएका थिए। यसअघि आल्भेसले सन् २०१६ मा बार्सिलोना छाडेका थिए। त्यसपछि उनी इटालियन क्लब युभेन्ट्स हुँदै फ्रान्सेली क्लब पिएसजी र ब्राजिली क्लब साओ पाउलो पुगेका थिए।

३९ वर्षीय राइट ब्याकले आफ्नो दोस्रो स्पेलमा १७ खेलमा एक गोल र चार असिस्ट योगदान गरेपछि बार्सा ला लिगामा दोस्रो स्थानमा रह्यो। ब्राजिली क्लब बाहियाबाट व्यवसायिक खेल करिअर सुरु गरेका आल्भेसले सेभिया, बार्सिलोना, युभेन्ट्स, पिएसजी र साओ पाउलो हुँदै पुनः बार्सिलोना फर्किएका थिए। ब्राजिलका लागि १२४ क्याप जितेका आल्भेसले ८ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

उनले आफ्नो व्यवसायिक खेल करिअरमा सर्वाधिक ४३ उपाधि जितेका छन्। आल्भेसले बार्सिलोनाबाट ६ ला लिगा, ४ कोपा डेल रे, ४ सुपर कोपा, २ कोपा क्याटलुनिया, १ सुपर कोपा क्याटलुनिया, ३ च्याम्पियन्स लिग, ३ सुपर कप र ३ फिफा क्लब विश्वकप जितेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×