नवौं राष्ट्रिय खेलकुदः लुम्बिनीलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौँ - नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा विभागीय टोली नेपाल एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ। उ आज सम्पन्न पहिलो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई ६९ रनले हराउँदै फाइनल प्रवेश गरेको हो।

१३० रनको लक्ष्य पछ्याएको लुम्बिनीले लुम्बिनीले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनायो। उसका लागि सुस्मिता बजागाईंले सर्वाधिक १२ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

एपिएफका लागि नेरी थापाले ४ तथा रेखा रावल,इन्दु बर्मा,सुमन बिष्ट,सीता राना मगर र सुष्मा श्रेष्ठले १–१ विकेट लिँदा १ विकेट रन आउटका रुपमा प्राप्त भएको थियो।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। उसका लागि ज्योति पाण्डेले ६१ बलमा ७ चौकासहित अविजित ६९ रनको योगदान दिएकी थिएन्। ममता चौधरीले १६, रोमा थापाले अविजित १२ र कप्तान सीता रान मगरले ११ रन जोडेका थिए।

लुम्बिनीका लागि कीर्तिका मरासिनीले २ तथा मनिषा रानाले १ विकेट लिएका थिए। एपिएफले स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र बागमती प्रदेशबीचको विजेतासँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×