काठमाडौँ - शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने आर्सनलको लक्ष्यमा धक्का लागेको छ। सोमबार राति भएको इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग २-० अन्तरले पराजित भएसँगै आर्सनलको च्याम्पियन्स लिग यात्रा कठिन बनेको हो।
आर्सनल रोकिदा लन्डन क्लब टोटनहमलाई फाइदा पुगेको छ। उसको आर्सनल भन्दा दुई अंक बढी छ। अब अन्तिम खेलले च्याम्पियन्स लिगमा छनोट हुने चौथो टोलीको टुंगो लाग्नेछ। न्युक्यासल घरेलु मैदान जेम्स पार्कमा वेन वाइटले आत्माघाती गोल गर्दा आर्सनल ५५औं मिनेटमा १-० ले पछि परेकाे थियाे।
ब्रुनोले खेल सकिन पाँच मिनेट अघि गोल गर्दा आर्सनल स्तब्ध बनेको थियो। हारसंगै ३७ खेलबाट ६६ अंक बनाएको आर्सनल पाँचौ स्थानमा रहेको छ। भने न्युक्यासल समान खेलबाट ४६ अंक सहित १२औं स्थानमा रहेकाे छ।