काठमाडाैँ - टर्कीको इस्तानबुलमा जारी आइवा महिला बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ प्रतिस्पर्धात्मक खेलमा पराजित भएकी छिन्। ४६ देखि ४८ तौल समूहमा सुष्मा मंगोलियन खेलाडी लान्चिव योनसँग स्पिल्टी डिसिजनमा पराजित भएकी हुन्।
सुष्माले आत्मविश्वासका साथ मंगोलियन खेलाडी लान्चिवविरुद्ध प्रतिस्पर्धा गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकिनन्। सुष्माले पहिलो राउन्डको तुलनामा दोस्रोे र तेस्रो राउन्डमा तुलनात्मक रूपमा कम पञ्च प्रहार गरेकी थिइन्। जसका कारण उनी मंगोलियन खेलाडीसँग ३–२ ले पराजित भइन्।
दोस्रो राउन्डमा सुष्माले सुधार गरे पनि बायाँ गार्ड तल झरेका कारण मंगोलियन खेलाडीले त्यसको फाइदा उठाइन्। सुष्मा र लान्चिवबीच कडा पन्च प्रहार भएको थियो। तर, बलियो गार्ड बनाएर खेलेकी मंगोलिन खेलाडी लान्चिवको पक्षमा कुवेत र क्युवाका जजले निर्णय सुनाएका थिए।