काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्स रनवेबाट चिप्लिएर आगलागी भएको छ ।
जहाज दुर्घटनाका कारण विमानमा आगो लागेको छ । विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ । विमान पोखरा उड्ने क्रममा दुर्घटनामा परेको हो ।
विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।
जहाज उड्ने क्रममा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।