काठमाडौँ - चिलीका मिडफिल्डर आर्टुरो भिडाल ब्राजिलियन क्लब फ्लामेन्गोमा अनुबन्ध भएका छन्। ३५ वर्षीय मिडफिल्डरलाई अनुबन्ध गरेको फ्लोमेन्गोले जनाएको छ।
भिडालले फ्लामेन्गोसँग १ वर्षको लागि सम्झौता गरेका हुन्। फ्लोमेन्गोले भिडाललाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो। भिडाल इटालियन सिरी ए क्लब इन्टर मिलानमा थिए।
भिडालले इन्टरमा २ सिजन बिताएका थिए। उनी २०२० मा बार्सिलोनाबाट इटाली आएका थिए। उनले इन्टरका लागि ७१ खेल खेल्दा ४ गोल गरेका थिए। भिडाल बायर्न म्युनिखबाट सन् २०१८ मा बार्सिलोना आएका थिए।