भारत। बलिउड अभिनेत्री वाणी कपूर धेरै चलचित्रमा देखिइसकेकी छिन्। यसकासाथै उनी आफ्नो लुक्स, स्टाइल र बोल्डनेसक लागि चिनिने गर्छिन्। सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेत्री घरि परम्परागत घरि बोल्ड अवतारमा प्रस्तुत हुने गरेकी छिन्। हालै उनको एक नयाँ भिडियोले सामाजिक सञ्जाल तताएको छ।
उक्त भिडियो हेरेर धेरै मान्छेहरु छक्क परेका छन्। उक्त भिडियो हेर्ने जोकोहीको मनमा 'आखिर यिनले के गर्न खोजेको?' भन्ने प्रश्न उठ्न सक्छ। खासमा, हालै अभिनेत्रीले क्यामेराअघि विभन्न पोज दिएकी छिन्, जसमा उनी सुन्दर देखिएकी छिन्। तर, पोज दिँदादिँदै अचानक उनी आफ्नो सुरुवाल तल सार्न थाल्छिन्। भिडियोमा उनले आफ्नो सुरुवाल अलिकति खोल्न खोजेको प्रस्ट देख्न सकिन्छ।
अहिले वाणीको भिडियोमा मान्छेहरुले थरिथरिका कमेन्ट गरिरहेका छन्। कहिले उनको सुन्दरताको प्रशंसा गरिरहेका छन् भने केहिले उनलाई ट्रोल बनाईरहेका छन्। भिडियोको कमेन्टमा एक जनाले कमेन्ट गर्दै लेखेका छन् "अब यति बाँकी किन राखेको, सबै खोल्देको भए हुन्थ्यो, राम्रो पोइन्ट्स मिल्नेछ।" त्यसैगरि अर्काले लेखेका छन् 'खोलेको कि लगाएको?'
