नेत्रदानको प्रेरणा दिने चलचित्र ‘थर्ड आई’ : १०६ जनाले गरिसके आँखा दान

काठमाडौँ। नारायणघाटको जल्मा सिनेमाघरमा बिहिबार चलचित्र ‘थर्ड आई’ हेरेपछी करिब १०६ जनाले आँखा दान गरेको जनाईएको छ। मृत्युपछि आफ्नो आँखा दृष्टी बिहिनले पाउन भन्ने उदेश्यले उनीहरुले आँखा दान गरेको बताईएको छ।

खबरका अनुसार लायन्स क्लब अफ भरतपुर सप्तरंगी थर्ड आई र चलचित्र थर्ड आईका कलाकार, प्राविधिक एवम् निर्माण पक्षगरी करिब १०६ जनाले आँखा दान गरेका हुन्। उक्त चलचित्र थर्ड आईको प्रिमियर शो कार्यक्रममा बिभिन्न व्यक्तिले चलचित्र हेरेपछी धेरैले नेत्रदान गर्ने प्रेरणा पाउने बताएका छन्।

जीवन पछि पनि अरुलाई दृष्टी दिन सकिन्छ भन्ने सन्देश बोकेको चलचित्र ‘थर्ड आई’ निर्देशक आसुतोष अधिकारीको निर्देशनमा बनेको हो। साहित्यकार आरती अधिकारीको कथा रहेको चलचित्रमा सरोज दाहाल, कमला अधिकारी, केडी प्रशित, रेनुका प्रधान, राजु अधिकारी, बिनोद मिश्र, सुजर पोखरेल, बिमला अधिकारी, राजीव न्यौपाने आदि कलाकारहरुको अभिनय रहेको छ। रफी शाहको आलेख, बिमल लामाको संगीत, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन र सुजन बिसीको छायांकन रहेको चलचित्र करिब एक घण्टाको रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×