प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ - प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको थियो। संसद् भवन नयाँ बानेश्वरमा आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरी स्थगित गरिएको हो।

आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार भोलिका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×