फिल्म ‘जेरी २’मा पूर्णिका सिजापति अनुबन्धित

काठमाडौँ - अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘जेरी २’मा पूर्णिका सिजापति अनुबन्धित भएकी छिन्। उनी फिल्ममा मुख्य भूमिकामा देखिने निर्माता सरोज न्यौपानेले जानकारी दिएका छन्।

मोडलिङमा सक्रिय पूर्णिका यसै फिल्ममार्फत सिनेक्षेत्रमा डेब्यू गर्दैछिन्। फिल्ममा अनमोलको अपोजिटमा २ अभिनेत्रीको मुख्य भूमिका रहनेछ। जसमा एउटा पात्रको भूमिकामा पूर्णिका देखिनेछिन्।

अर्की प्रमुख अभिनेत्रीका साथै बाँकी कलाकारहरुको छनोट कार्य जारी नै रहेको न्यौपानेले बताएका छन्। हेमराज बिसी निर्देशित यो फिल्म सन् २०१४ मा रिलिज भएको हिट फिल्म ‘जेरी’को सिक्वेल हो।

न्यौपानेका साथै रामकृष्ण श्रेष्ठको लगानी रहेको फिल्मको छायाङ्कन चुनावपछि सुरु गरिने बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×