यू-१९ राष्ट्रिय क्रिकेट: गण्डकी बाहिरियो

काठमाडौँ - गण्डकी प्रदेश वाई वाई  यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। लगातार ४ खेलमा हार व्यहोरेको गण्डकी प्रतियोगिताबाट बाहिरिएको हो।

यसअघि ३ खेल हारेको गण्डकीले चौथो खेलमा लुम्बिनी प्रदेशसंग ४ विकेटले हारेको छ। गण्डकीले दिएको १६२ रनको लक्ष्य लुम्बिनीले ३९.२ ओभरमा ६ विकेट गुमाउदै भेट्टायो। उसका बिशाल भुसालले ५२, आकाश त्रिपाठीले ४५ रनको योगदान गरेका थिए। गण्डकीका सुदीप अर्याल र किरन भट्टराईले २/२ विकेट लिएका थिए।

त्यसअघि मुलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी ३६.३ ओभरमा १६१  रनमा अलआउट भएको थियो। उसका सुदीप अर्यालले ३६,दीपक डुम्रेले ३०,करन पंगेनीले २९ रन बनाएका थिए।

लुम्बिनीका दुर्गेश गुप्ताले ५, निर्मल गुरुङले ३ विकेट लिएका थिए।

यसअघि भएका २ खेलमा १ मा हार र १ मा जित निकालेको लुम्बिनीको यो दोस्रो जित हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×