टी-२० विश्वकप: मैदान प्रवेश गर्ने दर्शकलाई १० लाख ४३ हजार जरिवाना

काठमाडौँ - समूह २ मा भारत र जिम्बाबेबीचको खेलमा मैदानमा प्रवेश गर्ने समर्थकलाई १० लाख ४३ हजार जरिवाना गरिएको छ।

२ देशबीच खेल भइरहेका बेला एक भारतीय समर्थक भारतीय झण्डा बोकेर कप्तान रोहितसमक्ष पुगेका थिए। सुरक्षा घेरा पार गरी मैदानभित्र प्रवेश गरेका समर्थकले रोहितलाई अँगालो मारी भावुक बनेका थिए। सुरक्षाकर्मीले पछि बल प्रयोग गरेर उनलाई बाहिर पठाउन कोसिस गरेका थिए। तर रोहितले ती भारतीय समर्थकलाई सम्झाएर मैदानबाट बाहिर पठाएका थिए।

सो खेलमा भारत ७१ रनले विजयी भएको थियो। खेल दौरान आफ्नो मन पर्ने खेलाडीसमक्ष पुगेका ती भारतीय समर्थकले चर्को मूल्य चुकाउनुपर्ने भएको छ। आइसिसीको नियम तोडेका कारण भारतीय समर्थकले १० लाख ४३ हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।

सिड्नी क्रिकेट मैदानमा व्यवस्थापकले मैदान सुरक्षामाथि आँच आउने गतिविधि गरेको आरोपमा भारतीय समर्थकलाई जरिवाना तोकेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×